न्यूरो अस्पतालको मुटुरोग सचेतना अभियान जारी

<span class='c1'>न्यूरो अस्पतालको मुटुरोग</span> <span class='c2'>सचेतना अभियान जारी</span>

विराटनगर । न्यूरो अस्पतालले मंगलबार विराटनगरमा एकदिने निःशुल्क मुटु जाँच तथा सचेतनामुलक शिविर सम्पन्न गरेको छ ।

प्रदेश १ मा पहिलोपटक ‘क्याथल्याब’ बाट मुटुको उपचार सेवा सुरु गरेको अस्पतालले स्थानीय विष्णुमाया पुस्तकालयमा उक्त शिविर सम्पन्न गरेको हो । शिविरमा ७२ जनाको मुटु जाँच गरिएको अस्पतालले जनाएको छ । शिविरमा अस्पतालले निःशुल्क ईको, कार्डियोग्राफी तथा इसिजी चेकजाँचको व्यवस्था गरेको थियो । ‘क्याथल्याब’ सञ्चालनको आठौं वर्षमा प्रवेश गरेको अवसर पारेर न्यूरोले यो महिनाभरी निःशुल्क स्वास्थ्य जाँच र सचेतना कार्यक्रम गर्ने जानकारी दिएको छ ।

‘क्याथल्याब’ सञ्चालनको आठौं वर्षमा प्रवेश गरेको अवसरमा पारेर अस्पतालले यसअघि पनि विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा शिविरको आयोजना गरेको थियो । शिविरमा प्रदेश १ कै पहिलो बिशेषज्ञ इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठ, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजिव श्रेष्ठ र मुटुरोग विशेषज्ञ डा. राजन कर्ण लगायत सहभागी थिए । मुटुरोग सम्बन्धी सचेतनाको कमिले मुटुका बिरामीको संख्या बढ्दै गएको र कतिपयको अकालमै ज्यान समेत गुमाउनु परेको डा.निकेशराज श्रेष्ठले बताए । उनले सन्तुलित भोजन तथा शारिरीक व्ययामको अभाव निम्त्याउने हृदयघातका बिरामीको संख्या बढ्दै गएको जानकारी दिए ।

बायाँतर्फको छाती क्रमशः दुख्दै दायाँहात तर्फ सरेमा तत्काल विशेषज्ञ चिकित्सकसम्म पुग्नुपर्ने डा.श्रेष्ठको सुझाव छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्