पछिल्लो २४ घण्टामा थप २२० मा सङ्क्रमित थपिए

<span class='c1'>पछिल्लो २४ घण्टामा थप</span> <span class='c2'>२२० मा सङ्क्रमित थपिए</span>

पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले सात हजार ६०८ जनामा कोरोना परीक्षण गर्दा २२० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा चार हजार ८६४ पुगेको छ । सङ्क्रमण दर ३.२ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय थप २५३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख ११ हजार ५१८ पुगेको छ ।

काठमाडौँ उपत्यकाभित्र भक्तपुरमा १३ जना, ललितपुरमा १८ र काठमाडौँमा ९२ जना सङ्क्रमित भएका छन् । उहाँका अनुसार होम आइसोलेशनमा चार हजार ६०८, संस्थागत आइसोलेशनमा २५६, आइसियुमा ८७ र भेन्टिलेटरमा २१ जनाको उपचार हुँदैछ ।

कोरोनाबाट दुईको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५९० पुगेको छ । त्यसैगरी पछिल्लो समय दुई लाख दुई हजार ६८७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्