विराटनगरमा गुरुङ समुदायले मनाए तमु ल्होसार पर्व (फोटो फिचर)

<span class='c1'>विराटनगरमा गुरुङ समुदायले मनाए तमु</span> <span class='c2'>ल्होसार पर्व (फोटो फिचर)</span>

प्रेम देवान

विराटनगर । गुरुङ समुदायले बिहिबार तमु ल्होसारपर्व विविध कार्यक्रम गरी मनाएका छन् । प्रत्येकबर्ष पुष १५ गते यो पर्व मनाउने गरिन्छ ।


सो अवसरमा तमु ह्यूला छोज धीं महानगर कमिटिले विराटनगरमा विविध कार्यक्रम गरेको छ । कमिटिले विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरेको हो ।

विराटनगरको सगरमाथा पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रमका बीच जेष्ठ नागरीकहरुलाई सम्मान गर्नुका साथै सांस्कृतिक कार्यक्रम र सामुहिक भोज लगायतका कार्यक्रम आयोजना गरिएको छ ।


कार्यक्रमका प्रमुख अतिथी मेयर पराजुलीले बिबिधतायुक्त धर्मसंस्कृतिलाई जोगाउनु सबैको दायित्व रहेको बताउनुभयो । उहाँले पुर्खाको संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरणगर्न सकेमात्र त्यसलाई जोगाउन सकिने समेत बताउनुभयो । मेयर पराजुलीले विराटनगर विविध धर्मसंस्कृतिको संगमस्थल रहेको बताउनुहुँदै सबै धर्मसंस्कृतिका मानिसहरु एकअर्काको चाडपर्वमा सहभागि हुनु विराटनगरको बिशेषता रहेको उल्लेख गर्नुभयो ।
उहाँले गुरुङ समुदायको धार्मिक र सांस्कृतिकस्थल निर्माणगर्न महानगरले जग्गा उपलब्ध गराउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।


यसअघि आयोजक संस्थाका प्रदेश कमिटि सदस्य अमृत गुरुङ,आयोजक संस्थाका अध्यक्ष अमरबहादुर तमु,सचिव राजेश गुरुङ र मोरङ सहकोषाध्यक्ष जंगबहादुर घले लगायतले जनजातिमा सुचिकृत गुरुङ समुदायको संस्कृति जोगाउन राज्यले बिशेष पहल गर्नुपर्ने माग गर्नुभयो । विराटनगर महानगरपालिकामा गुरुङ समुदायको आफ्नो गुम्बा नभएकाले धर्मसंस्कृतिसंग सम्बन्धित कार्यक्रम गर्न असजिलो हुने गरेको समेत उहाँहरुले गुनासो गरेका थिए ।


तमु ल्होसारको अवसरमा गुरुङ समुदायले भगवान बुद्धको पुजाआज गर्नुका साथै इष्टमित्र आफ्न्तसंग भेंटघाट शुभकामना आदानप्रदान गर्नुका साथै नाचगान गरेर मनोरंजन गर्ने प्रचलन छ । गुरुङ समुदायले यसपटक गाई बर्षलाई बिदाईगर्दै बाघ बर्षको स्वागतमा तमु ल्होसर पर्व मनाई रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्