मिर्गौला प्रत्यारोपण गरेकालाई आर्थिक सहायता दिइने

<span class='c1'>मिर्गौला प्रत्यारोपण गरेकालाई</span> <span class='c2'>आर्थिक सहायता दिइने</span>

चितवन । चितवनको कालिका नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिकरूपमा आर्थिक सहायता प्रदान गर्ने भएको छ । नगरपालिकाले यही पुस ९ गते सार्वजनिक सूचना जारी गर्दै मिर्गौला प्रत्यारोपण गरेका नगरवासीलाई १५ दिनभित्र नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

नगरपालिकाका जनस्वास्थ्य अधिकृत दीपक भण्डारीले चालु आर्थिक वर्षमा नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका बिरामीका लागि भनेर रु.दुई लाख विनियोजन गरेको जानकारी दिनुभयो । “मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिकरूपमा आर्थिक सहायता दिने निर्णय भएअनुसार नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको हो”, भण्डारीले भन्नुभयो, “मिर्गौला प्रत्यारोपण गर्नुभएका नगरवासीको लगत सङ्कलनको काम भइरहेको छ, सबैको तथ्याङ्क आएपछि माघको अन्तिमदेखि आर्थिक सहायता वितरण सुरु गर्छौँ ।”

हालसम्म मिर्गौला प्रत्यारोपण गरेका तीन बिरामीमात्रै सम्पर्कमा आएका उल्लेख गर्दै जनस्वास्थ्य अधिकृत भण्डारीले उनीहरुलाई औषधि खाने खर्चस्वरुप आर्थिक सहायता उपलब्ध गराउन लागिएको बताउनुभयो । मिर्गौला प्रत्यारोपण गरेका बिरामीले मासिक सेवन गर्ने औषधि र जम्मा पीडितलाई पुग्ने पैसाको अनुपातमा जुन रकम कम हुन्छ सोही रकम आर्थिक सहायतास्वरुप प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

मिर्गौला प्रत्यारोपण गरेका बिरामीका लागि सहायता उपलब्ध गराउने विषयमा कार्यविधि निर्माण भइरहेको जनाउँदै भण्डारीले बिरामीको सङ्ख्या यकिन भएपछि कार्यविधि निर्माण गरेर आर्थिक सहायता उपलब्ध गराइने बताउनुभयो । यस वर्ष रकम कमी भएमा आगामी वर्षदेखि रकम बढाउँदै मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिकरूपमा आर्थिक सहायता गरिने उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्