विराटनगरका मारवाडी समुदायमा एमाले प्रभाव, एकैदिन एकसय जना पार्टीमा आवद्ध

<span class='c1'>विराटनगरका मारवाडी समुदायमा एमाले प्रभाव,</span> <span class='c2'>एकैदिन एकसय जना पार्टीमा आवद्ध</span>

विराटनगरका मारवाडी समुदाय नेकपा एमालेप्रति आकर्षित भएका छन् । स्वतन्त्र जस्तो भएर उद्यम–व्यवसायमा सक्रिय मारवाडी समुदायका व्यक्तिहरु पछिल्लो समय एमाले निकट हुन थालेका हुन् ।

विभिन्न पेशा व्यवसायमा क्रियाशील रही राजनीतिक दलभन्दा बाहिर रहेका मारवाडी समुदायका एकसय जनाले बिहीबार साँझ नेकपा एमाले पार्टीमा आवद्धता जनाएका छन् ।
नेपाल वामपन्थी मारवाडी युवा संगठनको अगुवाईमा १ सय भन्दा बढि युवाहरु बिहीबार आयोजित कार्यक्रममा एमालेमा प्रवेश गरेका छन् । संगठनका अध्यक्ष नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य मनोज अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य गुरु बरालले खादा माला लगाएर नवप्रवेशीलाई स्वागत गर्नु भएको थियो ।

नवप्रवेशीलाई स्वागत र सपथ गराए पछि स्थायी कमिटि सदस्य बरालले ‘मारवाडी समुदाय हालसम्म उद्यममा लाग्ने र राजश्व तिर्ने काममा मात्र समावेश थियो अब निति निर्माणमा आफ्नो संलग्नता दिन तयार हुनु सबै भन्दा खुसीको कुरा भएको बिचार व्यक्त गर्नु भयो ।

एमालेले आसन्न नवौं जिल्ला अधिवेशनमा नेपाल वामपन्थी मारवाडी संगठनबाट तीन जनाले सहभागिता जनाउन पाउने गरी प्रतिनिधिको व्यवस्था गरिंदैछ । पार्टी प्रवेशपछि संगठनको जिल्ला कमिटी र प्रतिनिधिसमेत चयन गरिएको छ । जसमा मोरङको वामपन्थी मारवाडी संगठनको अध्यक्षमा अरुण राठीलाई नियुक्त गरिएको छ । यसै गरि तुलसी अग्रवाल, रचना पौद्दार, शेर सिंह दुगड र अभिषेक केडिया उपाध्यक्षमा, मयुर अग्रवाल महासचिवमा, शुशिल मुडरा सहसचिव, गोपाल पौद्दार कोषाध्यक्ष तथा दिलिप सोनी सह कोषाध्यक्षमा नियुक्त गरिएको छ ।
नवनियुक्त अध्यक्ष अरुण राठीले बलियो ईच्छाशक्ति सहितको नेतृत्व भएको एमालेमा प्रवेश गरि राष्ट्र निर्माणमा पनि आफ्नो समुदायको योगदान राख्न पार्टी प्रवेश गरेको बताउनु भयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, महानगर कमिटीका अध्यक्ष सागर थापा लगायतको उपस्थिति थियो । महानगर समितिका अध्यक्ष सागर थापाले एमालेको विचार र नीति मन पराएर व्यवसायीहरुले पार्टीसँग संलग्न हुन चाहेको बताउनुभयो । उहाँले सबैको समान सहभागितासहित देशको विकासमा नेतृत्व गर्ने पार्टीमा आवद्धता जनाउनेहरुको संख्या उल्लेख्य रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्