ट्रेन्ज क्याफेद्धारा विराटेश्वर वृद्धा आश्रमलाई एक लाखको सामाग्री हस्तान्त्रण

<span class='c1'>ट्रेन्ज क्याफेद्धारा विराटेश्वर वृद्धा आश्रमलाई</span> <span class='c2'>एक लाखको सामाग्री हस्तान्त्रण</span>

विराटनगर । विराटनगर कोशी अस्पताल अगाडी रहेको ‘ट्रेन्ज क्याफे एन्ड लाउन्ज’ ले जाडोको समयमा वृद्धाआश्रममा रहेका आमाबुबालाई जाडोको लुगासँगै खाद्यान्न सामाग्री वितरण गरेको छ ।

विराटनगरमा बढ्दै गरेको जाडोकाे समयमा आश्रम भित्र आश्रय लिईरहेका वृद्धआमाबुबालाई ६० थान स्वेटर लगायत खाद्यन्न सामाग्री वितरण गरिएको ट्रेन्ज क्याफेका संचालक दिवश गिरीले जानकारी दिनुभयो । विराटनगर-८ मा रहेको विराटेश्वर वृद्धआश्रमा हाल निर्माणधिन अवस्थामा रहेका कारण उत्त भवन निर्माणको लागी २३ बोरा सिमेन्ट समेत प्रदान गरिएको संचालनक गिरीले बताउनुभयो ।क्याफेले आश्रमको लागी ४ काटुर्न खानेतेल, ५ काटुर्न चाउचाउ १५ लिटर दुध लगायत अन्य विभिन्न खाद्यन्न सामाग्री गरि रू.एक लाख जतिको सामान वितरण गरेको क्याफेले जनाएको छ । यता विराटेश्वर आश्रमका संचालक जगत बहादुर अर्यालले यसरी जाडोको समयमा आमाबुबाहरुलाई न्यानो कपडाले राहत मिल्ने बताउनुभयो । खाद्यन्न लगायत जाडोको कपडा प्रदान गर्ने ट्रेन्ज क्याफे प्रति खुशी व्यक्त प्रदान गरे ।

ट्रेन्ज क्याफेले हरेक बर्ष आफ्नो वार्षिक उत्सवसगैं जाडोको समयमा आश्रमलाई सहयोग प्रदान गर्दै आएको छ ।


आश्रममा क्याफेका संचालक दिवस गिरी,रोजेन घिमिरे लगायत अन्य राजिव पाण्डे अभिनास थापा मगर विन्दा नेपाल, निराजन राजवंशी सृजना राउत पुगेर आश्रममा सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्