विराटगरको कञ्चनबारीमा क्लाउड नाइन्टिज रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा

<span class='c1'>विराटगरको कञ्चनबारीमा क्लाउड नाइन्टिज</span> <span class='c2'>रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा</span>

विराटनगर । विराटनगरको कञ्चनबारीमा चर्चित नेपाली गायक श्रीकृष्ण लुँईटेल सहितका ४ जना युवाहरुले क्लाउड नाइन्टिज रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएका छन् ।

विराटनगर–३ कञ्चनबारीस्थित एन.एम.बी बैंक अगाडि शुक्रबारदेखि उनीहरुले उक्त रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा ल्याएका हुन् । रेष्टुरेन्ट एण्ड बारमा गायक श्रीकृष्ण लुँइटेल (बोकेदाह्री) सहित विराटनगरका नविन खतिवडा, सन्तोष सिंह र मिथिलेस मेहताले कुल २८ लाखको संयुक्त लगानी गरेका छन् ।

विराटनगरमा व्यवस्थित एवं गुणस्तरीय खानेकुरा पाउने रेष्टुरेन्टहरुको अभाव रहेको बिषयलाई दृष्टिगत गर्दै क्लाउड नाईन्टिज सञ्चालनमा ल्याईएको सञ्चालक मिथिलेस मेहताले बताए । उनले रेष्टुरेन्टमा विभिन्न परिकारका खानेकुराका साथै लाईभ गीत संगीतको व्यवस्था समेत रहेको जानकारी दिए ।

विराटनगरमा भने हाल २ दर्जन बढी रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्