प्रतिनिधिसभाको आजको बैठक स्थगित, अर्काे बैठक पुस २२ गते

<span class='c1'>प्रतिनिधिसभाको आजको बैठक स्थगित, अर्काे</span> <span class='c2'>बैठक पुस २२ गते</span>

प्रतिनिधिसभाको आज बस्ने गरी तय भएको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २२ गतेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जारी गर्नुभएको सूचनामा ‘विशेष कारणवश’ प्रतिनिधि सभाको बैठक स्थगित भएको उल्लेख छ । सूचनामा लेखिएअनुसार प्रतिनिधिसभा नियमावली २०७५ को नियम(६) को उपनियम (३) बमोजिम प्रतिनिधिसभाको अर्को बैठक पुस २२ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ । आजका लागि बोलाइएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको जनाइएको छ ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेपछि बैठक स्थगित भएको बताइएको छ । सो पार्टीको आठौं राष्ट्रिय महाधिवेशन यही पुस ११ गतेदेखि काठमाडौंमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्