प्रहरीले जुवा खेलिरहेको अबस्थामा १९ जनालाई पक्राउ गर्‍यो

<span class='c1'>प्रहरीले जुवा खेलिरहेको अबस्थामा</span> <span class='c2'>१९ जनालाई पक्राउ गर्‍यो</span>

झापा, कार्तिक १९ गते ।

झापा जिल्लाको मेचीनगर नगरपालिका १ धुलाबारी चोकस्थित एक घरबाट बुधबार प्रहरीले जुवा खेलिरहेको अबस्थामा १९ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा घरधनि दिनेश बिहारी, सोहि स्थान बस्ने हर्क बहादुर राई, अरुण कुमार क्षेत्री, सुजन लिम्बु, सुरज खडका, मेचीनगर नगरपालिका ७ बस्ने नबिन क्षेत्री, मेचीनगर नगरपालिका ११ बस्ने गोपाल तामाङ, बिना अग्रवाल, दुवागढी गाविस ८ बस्ने गजेन्द्र लिम्बु, बिर्तामोड नगरपालिका १ बस्ने दिपक सोनी, साजन मुखिया, किसन साह, बिनित प्रसाई, श्याम साह, भोलन ठाकुर, प्रकाश खडका, इन्द्र के.सि., सोही नगरपालिका ३ बस्ने हर्क बहादुर बस्नेत तथा खुदुनाबारी गाविस ७ बस्ने बिनोद तामाङ रहेका छन्।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएका प्रहरीले रातको ११ बजे दिनेश बिहारीको घरमा तास खेल्दै गरेको अबस्थामा पक्राउ गरेका हुन्।

जुवाको खालबाट प्रहरीले २ बुङ तास, नगद ५५ हजार २ सय २५ रुपैया र ११ थान मोबायल समेत बरामद गरेको छ।

पक्राउ परेका जुवाडेहरुलाइ आवश्यक अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्