तनहुँमा ११ हजार नयाँ मतदाता थपिए

<span class='c1'>तनहुँमा ११ हजार</span> <span class='c2'>नयाँ मतदाता थपिए</span>

तनहुँ । तनहुँ जिल्लामा ११ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय तनहुँले दुईचरणमा स्थानीय तहमा सञ्चालन गरेको अभियानअन्तर्गत ११ हजार ६२० नयाँ मतदाता थपिएका हुन् । कार्यालयले नौ वटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि पुस ९ गतेसम्म मतदाता नामावली अभियान सञ्चालन गरेको थियो । त्यसबाहेक जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट पनि मतदाता नामावली सङ्कलन भइरहेको छ ।

पहिलो चरणमा भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, बन्दिपुर गाउँपालिका र देवघाट गाउँपालिका तथा दोस्रो चरणमा शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकामा मतदाता नामावली सङ्कलन गरिएको छ ।

निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले भानु नगरपालिकाबाट सबैभन्दा बढी मतदाता थपिएको जानकारी दिनुभयो । उहाँका अनुसार भानु नगरपालिकाबाट दुई हजार २६५, शुक्लागण्डकी नगरपालिकाबाट एक हजार ५३०, भीमाद नगरपालिकाबाट एक हजार १७, आँबुखैरेनी गाउँपालिकाबाट एक हजार तीन, बन्दिपुर गाउँपालिकाबाट ९२५, देवघाट गाउँपालिकाबाट ७१२, घिरिङ गाउँपालिकाबाट ७२९, म्याग्दे गाउँपालिकाबाट ५३५, ऋषिङ गाउँपालिकाबाट ८६८ मतदाता थपिएका छन् । थपिएकामध्ये महिलाको सङ्ख्या बढी रहेको छ ।

यसैगरी जिल्ला निर्वाचन कार्यालयबाट ९५५ र जिल्ला प्रशासन कार्यालयबाट एक हजार ८१ मतदाता थपिएका छन् । यसैगरी बाहिरी जिल्लाका ६५ जनाले पनि जिल्ला प्रशासन कार्यालयबाट नामावली दर्ता गराएका छन् । “दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको छ, नाम दोहोरिएको भए हट्छ,” प्रमुख ढकालले भन्नुभयो, “परिचयपत्र हराएकाले पनि पुनःनाम दर्ता गराएको हुनसक्छ ।”

मतदाता नामावली सङ्कलनका लागि नौ दर्तास्थल व्यवस्थापक, पाँच दर्ता कर्मचारी, नौ सहायक दर्ता कर्मचारी र नौ जना दर्तास्थल सहायक गरी कूल ३२ कर्मचारी परिचालन गरिएको थियो । सङ्कलन गरिएको विवरण यही पुस १०देखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ ।

स्थानीय तह निर्वाचन २०७४ मा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेकामा प्रतिनिधि÷प्रदेशसभा निर्वाचनमा दुई लाख ११ हजार ४४६ मतदाता रहेका थिए । वि.सं २०७७ चैतसम्म १८ वर्ष पुगेका मतदाता दुई लाख २७ हजार ४६ पुगेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म दुई हजार आठ सय १७ मतदाता थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्