गाँजा सहित २ जना पक्राउ

<span class='c1'>गाँजा सहित २</span> <span class='c2'>जना पक्राउ</span>

सुनसरी । सुनसरीको इटहरी उप-महानगरपालिका वडा २० स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धनकुटा सहिदभुमी गाउँपालिका वडा १ बस्ने २४ बर्षीय बिक्रम राई र सोही स्थानका ३३ बर्षीय संजिव राई रहेका छन । राती करिब १२ बजे प्रहरी चौकी तरहराबाट तरहरा चोक स्थित कोशी लोकमार्गमा खटिएको प्रहरी चेकिङ टोलीलाई देखि प्रदेश १-०२-०४२ प ६२१९ नम्वरको मोटरसाईकलमा सवार रहेका दुई जनाले झोला फाली गएकोमा संका लागि दुबैजनालाई मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त झोलाबाट ७२ किलो ग्राम गाँजा बरामद भएको थियो ।

गाँजा सहित पक्राउ परेका बिक्रम राई र संजिव राईको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्