क्यान्सर पिडित विराटनगरका पत्रकार पौडेल दुईवर्षपछि पुर्ववत जिम्मेवारीमा

<span class='c1'>क्यान्सर पिडित विराटनगरका पत्रकार</span> <span class='c2'>पौडेल दुईवर्षपछि पुर्ववत जिम्मेवारीमा</span>

विराटनगर । स्वास्थ्य समस्याका कारण विगत दुई वर्षदेखि उपचाररत समाचार प्रमुख कमल पौडेललाई सोमबार एक कार्यक्रमका बीच मकालु टेलिभिजनले स्वागत गरेको छ ।

क्यान्सरबाट पीडित पौडेल विगत दुई वर्षदेखि उपचाररत थिए । क्यान्सरलाई परास्त गरेर पूर्ववत् अवस्थामा फर्किएपछि टेलिभिजनले औपचारिक कार्यक्रम गरेर पौडेललाई स्वागत गरेको हो । पौडेललाई मकालु मिडिया प्रालिका अध्यक्ष दिनेश सुवेदी, साहित्यकारसमेत रहेकी टेलिभिजनकी निर्देशक प्राज्ञ गंगा सुवेदी, प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिवस सुवेदी, निर्देशकहरु दिपेश सुवेदी, अञ्जना कट्टेल सुवेदी, सविता ओझा सुवेदी, फाइनान्स प्रमुख वीरेन्द्रकुमार भगत, कार्यक्रम उत्पादन शाखाका प्रमुख अभयकुमार राई, सहसम्पादक मीनकुमार नवोदितलगायत विभिन्न विभागका प्रमुखहरुले खादा लगाएर स्वागत गरेका थिए । त्यस्तै सोही समारोहमा समाचार संयोजकका रुपमा नियुक्त भएकी अञ्जना कट्टेल सुवेदीलाई समेत टेलिभिजनका तर्फबाट खादा लगाएर स्वागत गरिएको थियो ।

६ महिनायता टेलिभिजनमा जोडिएका समाचारसहित विभिन्न शाखाका कर्मचारीहरुलाई पनि सो अवसरमा स्वागत गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सुवेदीले लगानीकर्ताका तर्फबाट सम्पादकीय स्वतन्त्रताप्रति कहिल्यै पनि हस्तक्षेप नगरेको बताए । “हामी लगानीकर्ताका तर्फबाट कस्तो समाचार गयो, कसको समाचार गयो भनेर कहिल्यै पनि चासो राखेका छैनौं र राख्दैनौं पनि,” अध्यक्ष सुवेदीले भने, “हाम्रो चाहना यत्ति हो टेलिभिजनको दुरुपयोग नहोस् र जनताका समाचार जाओस् ।”

त्यस्तै टेलिभिजनका सिइओ दिवस सुवेदीले संस्था एकजनाले मात्रै नचल्ने बताउँदै सबै कर्मचारीहरुबीचको सहकार्य र एकताले मात्रै संस्था बलियो हुने बताए । सिइओ सुवेदीले भने, “कुनै पनि संस्था एउटा व्यक्तिले मात्रै चल्दैन सिंगो टिमले चल्छ । सबैका सहकार्यले टेलिभिजन अहिलेको अवस्थामा आइपुगेको हो ।”

कार्यक्रममा समाचार प्रमुख पौडेलले दुई वर्षपछि जिम्मेवारीमा फर्किंदा यति ठूलो स्वागत गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिए । उनले क्यान्सरलाई पराजित गरेर फर्कदा टेलिभिजनका तर्फबाट पाएको न्यानो माया र स्वागतलाई आफूले कहिल्यै बिर्सन नसक्ने उल्लेख गरे ।

नवनियुक्त समाचार संयोजक अञ्जना कट्टेल सुवेदीले टेलिभिजनलाई समय र दर्शकको चाहना अनुसार परिमार्जित बनाउँदै लग्नुपर्नेमा जोड दिईन । उनीले निकट भविष्यमै टेलिभिजन केही नयाँ परिवर्तनका साथ प्रस्तुत हुने उद्घोष समेत गरिन् । कार्यक्रम उत्पादन शाखाका प्रमुख अभयकुमार राईले समाचार प्रमुख पौडेलको आगमनले आफूहरुमा ऊर्जा थपिएको बताए । ब्लड क्यान्सरबाट पीडित पौडेल दुई वर्षको उपचारपछि पूर्ववत् जिम्मेवारीमा फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्