विराटनगर । झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा सोमवार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
झापा, झापा गाउँपालिका वडा १ रसुनामा सोमबार बिहान भएको सवारी दुर्घटनामा घाईते भएका बिरगंञ्ज नगरपालिका वडा ५ बाराका २२ बर्षिय गनिया अबदुल मियाको उपचारको क्रममा बेलुका करिब ७ बजे बी एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । रसुनाको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना ४ त ७६६७ नंम्बरको ट्याकटर आफै अनियन्त्रीत भई सडकमा दुर्घटना हुँदा सोही ट्याकटरको सह चालक मिया घाईते भएका थिए । दुर्घटनाका घाईतेलाई उपचारको लागी बी एण्ड सी अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यसैगरी सुनसरीको धरान उप-महानगरपालिका वडा १५ मा रोकी राखेको ट्रकमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु भएको छ । सोमवार राती करिब ६ बजेको समयमा धरान वडा १५ को आरालाईनमा रोकी राखेको ना ७ ख ११५८ नंम्बरको ट्रकमा वा ५८ प ८३२८ नंम्बरको मोटरसाईकल आफै ठोकिएर दुर्घटना हुंदा चालक भक्तपुर घर भई धरान वडा १५ बस्ने ४२ बर्षीय राजेश सिजापती घाईते भएका थिए । घाईतेलाई उपचारको लागी घोपा लगिएको थियो। उपचारको क्रममा राती नै सिजापतीको मृत्यु भएको हो । दुबै घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।