स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध

<span class='c1'>स्याफ्रुबेसी रसुवागढी सडक</span> <span class='c2'>खण्ड अवरुद्ध</span>

रसुवागढी । सुक्खा पहिराका कारण स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा करिब ७० मिटर माथिबाट आज विहान आएको सुक्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएपछि माहवाहक कन्टेनर बाटोमा नै राकिएका छन् । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले पहिरो पन्छाउनका लागि स्थानीयस्तरमा सञ्चालित जलविद्युत् आयोजना र सडक कार्यालयको स्काभेटर उपकरण प्रयोगमा ल्याउन लागिएको जानकारी दिनुभयो । यसका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको उहाँले बताउनुभयो ।

पहिरास्थलमा निरन्तर ससाना ढुङ्गा झर्ने क्रम जारी रहेकाले पन्छाउन समस्या परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्