‘बच्चाछिर धुमपान विधि’बाट उपचार

<span class='c1'>‘बच्चाछिर धुमपान</span> <span class='c2'>विधि’बाट उपचार</span>

तनहुँ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले आवाज बन्द भएका बिरामीको उपचार गर्न थालेको छ ।

आयुर्वेदिक ‘बच्चाछिर धुमपान विधि’बाट बिरामीको उपचार थालेको हो । बच्चाचूर्ण, बाख्राको दूध, ल्वाङको धुलो, त्रिकटु र सितोपलादी मिसाएर पकाएको खीरजस्तो वस्तुबाट बाफ दिएर बिरामीको उपचार गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा रामप्रवोध मण्डलले जानकारी दिनुभयो । दैनिक एक घण्टाको दरले पन्ध्र दिनसम्म नियमित थेरापी गरेपछि मज्जाले बोल्न सक्ने हुन्छन् । उहाँले भन्नुभयो, “गत वर्ष दुई जनाको सफल उपचार भयो, यस वर्ष एक जनाको उपचार भइरहेको छ ।”

यस वर्ष व्यासनगरपालिका–१ गल्बुबेँसी निवासी नारायणप्रसाद सापकोटाको उक्त विधिबाट उपचार थालिएको उहाँले बताउनुभयो । श्वास नलीमा मासु पलायो भने ट्युमर भयो भने आवाज रोकिदिन्छ । उहाँले भन्नुभयो, “जसले गर्दा बोल्न मिल्दैन ।” श्वास नलीमा समस्या आएपछि भारतको लखनउमा गएर शल्यक्रिया गर्दा करिब रु.एक लाख खर्च गरेको बिरामी सापकोटाले जानकारी दिनुभयो ।

“शल्यक्रिया गर्नुपूर्व स्वर कम हुँदै गएपछि उपचारका लागि लखनउ गएको थिएँ ।” उहाँले भन्नुभयो “शल्यक्रियापछि स्वर त झनै ठप्प भयो ।” उहाँले आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गर्न थालेको चार दिन भएको र केही सुधार हुँदा हल्का बोल्न सक्ने भएको जानकारी दिनुभयो ।

सुरुका दिनमा जस्तै पूर्णरूपमा आवाज आए नयाँ जीवन पाउने थिएँ, उहाँले भन्नुभयो । “विभिन्न सङ्घसंस्थामा आवद्ध छु, बोल्न नसक्दा कठिनाइ भोग्नुपरेको छ ।” उपचारमा लाग्ने औषधि महङ्गो पर्ने हुँदा स्वयं बिरामीले औषधि किन्नुपर्ने र उपचार निःशुल्क गर्ने गरिएको केन्द्रका प्रमुख डा.मण्डलले बताउनुभयो । उक्त समस्याका व्यक्तिले चिसो पानीको अलवा मन तातो पानी पिउनु लाभदायिक हुने उहाँले जानकारी दिनुभयो ।

तस्वीर:सानेबहादुर नेपाली,रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्