जीप दुर्घटनामा एकको मृत्यु

<span class='c1'>जीप दुर्घटनामा</span> <span class='c2'>एकको मृत्यु</span>

दैलेख । दैलेखको भगवतीमाई गाउँपालिका बेस्तडादेखि दैलेख बजार आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

भगवतीमाइको मुकाम वेस्डादेखि सदरमुकाम आउँदै गरेको लु २ च ४८२९ नं को बोलेरो नारायण नगरपालिका– ११ लोहोरेमा आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा परी बोलेरो चालक भगवतीमाई–१ का ३० वर्षीय कृष्ण रोकायाको मृत्यु भएको प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताउनुभयो ।

शाहका अनुसार जीपमा सवार अन्य आठ जना घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका तीन जनाको थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । घाइते भएका अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्