विराटनगरस्थित नोबेल मेडिकल कलेज प्रशासनमा अनिश्चितकालीन तालाबन्दी

<span class='c1'>विराटनगरस्थित नोबेल मेडिकल कलेज</span> <span class='c2'>प्रशासनमा अनिश्चितकालीन तालाबन्दी</span>

विराटनगर । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरुसँग विभिन्न शीर्षकमा अतिरिक्त शूल्क असुल गरेको भन्दै विद्यार्थी संगठनहरुले नोबेल शिक्षण अस्पतालको प्रशासनमा तालाबन्दी गरेका छन् ।

नोबेल मेडिकल कलेजमा एमबिबिएस, बिडिएस र ब्याचलर इन नर्सिङ्ग अध्ययनरत विद्यार्थीहरुको चरणबद्ध आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विद्यार्थी संगठनहरुले अस्पताल प्रशासनमा तालाबन्दी गरेका हुन् । बुधबार नेकपा एमाले तथा एकीकृत समाजवादी निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा अस्पताल प्रशासनमा तालाबन्दी गरेका हुन् । अस्पतालको हस्तक्षेपका बाबजुद भुँई तल्लाको चेनगेट फुटाएर विद्यार्थीहरुले माथिल्लो तल्लामा रहेको अस्पताल प्रशासनमा अनिश्चितकालिन तालाबन्दी गर्दै साथै चर्को नाराबाजी समेत गरेका छन् ।

चिकित्सा शिक्षा आयोग र काठमाण्डौं विश्वविद्यालयको शिक्षण शुल्क सम्बन्धी निर्णयलाई समेत बेवास्ता गर्दै नोबेलले विद्यार्थीहरुसँग गैह्रकानुनी रुपमा विभिन्न शीर्षकमा ३५ देखि ४० लाख रुपैयाँसम्म अवैध रकम असुल गरिरहेको बिषयप्रति आपत्ति जनाउँदै अस्पताल प्रशासनमा तालाबन्दी गरिएको विद्यार्थी नेताहरुले बताएका छन् । अतिरिक्त शुल्क भुक्तानी गर्न विद्याथीहरुलाई डर, धम्की र मानसिक दबाब दिने तथा तिर्न नसक्ने विद्यार्थीलाई पठनपाठनबाट बञ्चित गराउने नोबेलको हर्कत विरुद्ध चरणबद्ध आन्दोलनको क्रममा बुधबार प्रशासनमा तालाबन्दी गरिएको अनेरास्ववियु मोरङ जिल्ला कमिटी सदस्य नविन पहाडीले बताए । उनले अस्पतालले आन्दोलित विद्यार्थीहरुसँग वार्ता बस्ने वातावरण सिर्जना नगरेसम्म विद्यार्थी संगठन चरणबद्ध आन्दोलनमै रहने जानकारी दिए ।

चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीको शिक्षण शुल्क ४४ लाख ३६ हजार ५२ निर्धारण गरेको छ । तर, नोबेल शिक्षण अस्पतालले विश्वविद्यालय सम्बन्धन शुल्क, रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क र होस्टेल शुल्क लगायतका विभिन्न शीर्षकमा विद्यार्थीहरुसँग ३५ देखि ४० लाख रुपैयाँ अतिरिक्त असुल गर्दै आएको छ । चिकित्सा शिक्षा आयोगले छात्राबास ऐच्छिक हुने निर्णय गरेको भएपनि नोबेलले त्यसलाई अनिवार्य गरेर विद्यार्थीहरुसँग मासिक २४ हजार असुल गर्ने गरेको छ । यसबाहेक कलेजले खानाको ७ हजार र बिजुलीबत्तीको समेत बेग्लै शुल्क लिने गरेको छ ।

यसका अतिरिक्त नोबेल मेडिकल कलेजले एमबिबिएस अध्ययनरत विद्यार्थीहरुसँग काठमाण्डौं विश्वविद्यालय रजिष्ट्रेशन शुल्क बापत २५ हजार, काठमाण्डौं विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार ५ सय ७९, नोबेल मेडिकल कलेज रजिष्ट्रेशन शुुल्क बापत ५ हजार र काठमाण्डौं विश्वविद्यालय परीक्षा शुल्क बापत एकमुष्ठ ११ हजार असुल गर्ने गरेको विद्यार्थीहरुले बताएका छन् । कलेजले भनेअनुसारको पैसा नतिर्ने विद्यार्थीहरुलाई पठनपाठनबाट समेत बञ्चित गराउने गरिएको उनीहरुले आवर विराटनगरलाई बताए ।

नोबेलमा एमबिबिएस अध्ययन गर्ने १०० जना विद्यार्थीहरु छन् । जसमध्ये हाल २७ जनाले मात्र कलेज भनेको सबै शुल्क भुक्तानी गरेका छन् । उनीहरुले नियमित कक्षा समेत लिईरहेका छन् । तर, मनोमानी ढङ्गबाट निर्धारण गरिएको उक्त अतिरिक्त शुल्क तिर्न नसक्ने विद्यार्थी हाल पठनपाठनबाट बञ्चित छन् । मङ्सिर १९ गतेदेखि नियमित पठनपाठन सुरु भईसकेको भएपनि कलेजले उनीहरुलाई कक्षाकोठामा प्रवेश दिएको छैन् । त्यसयता एमबिबिएस अध्ययनरत बाँकी ७३ जना विद्यार्थीहरु चरणबद्ध आन्दोलनमा छन् ।

कलेजको अवैध रकम असुली विरुद्धको आन्दोलनमा विद्यार्थीहरुलाई सघाउन हाल विद्यार्थी संगठन समेत उनीहरुको समर्थनमा रहेको नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका मोरङ जिल्ला कमिटी सचिव निर्मल भण्डारीले बताए । नेपालको संविधानमा पढ्न पाउने अधिकारलाई मौलिक हकको रुपमा व्याख्या गरिएको भएपनि नोबेलले त्यसको उपेक्षा गर्दै आएकाले विद्यार्थी संगठन आन्दोलनमा ओर्लिन बाध्य भएको उनले स्पष्ट पारे ।

संगठनहरुले नोबेलको उक्त कार्यहरु तत्कालै सच्याउनुका साथै चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयद्वारा निर्धारित शुल्क मात्रै उठाउन माग गरेका छन् । विद्यार्थीहरुको जायज मागप्रति पुर्ण समर्थन जनाउँदै विद्यार्थी संगठनहरुले विद्यार्थीहरुको पठनपाठन सुनिश्चित नगरिए विद्यार्थी संगठन जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् । राज्यले बनाएका निति नियमको अधिनमा रही मेडिकल कलेजहरु सञ्चालन नहुन्जेलसम्म विद्यार्थीहरुको आन्दोलन जारी रहने उनीहरुको भनाई छ । आवश्यक परे प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सामाजिक विकास मन्त्रालयमा समेत तालाबन्दी गर्न आफुहरु तयार रहेको समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य कमल पोख्रेलले बताए ।

विद्यार्थीहरुको आन्दोलनप्रति समर्थन जनाउँदै बुधबार विद्यार्थी संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति समेत जारी गरेका छन् । विज्ञप्तिमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका मोरङ जिल्ला सचिव निर्मल भण्डारी, नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका मोरङ जिल्ला अध्यक्ष नगेन्द्र बहादुर घिमिरे, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका प्रतिनिधी जसवन्त पौडेल र जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका प्रदेश १ उपाध्यक्ष तरुण बिक्रम खवासले हस्ताक्षर गरेका छन् ।

यता नोबेलले भने विद्यार्थीहरुसँग अतिरिक्त शुल्क नलिएको दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्