पाँचथरको बरभञ्ज्याङमा आगलागी नियन्त्रणमा, एक करोड ९० लाख बराबरको क्षति

<span class='c1'>पाँचथरको बरभञ्ज्याङमा आगलागी नियन्त्रणमा, एक</span> <span class='c2'>करोड ९० लाख बराबरको क्षति</span>

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार साँझबाट सुरु भएको आगलागी मध्यरातमा नियन्त्रणमा आएको छ।

उक्त आगलागीमा तीन घर र छ वटा पसल जलेर नष्ट हुँदा रु.एक करोड ९० लाख बराबरको क्षति भएको छ । गएराति १०ः४० बजे बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बा लिम्बूका घरमा ‘विद्युत् चुहावट’ भई घरबाट आगलागी सुरु भएको थियो । आगलागीमा उहाँको दुई तले घर, दुग्ध डेरी, किराना पसल र नगद रु सात लाख तथा सोही घरमा रहेको नेपाली कांग्रेस फालेलुङ–६ को वडा कार्यालय जल्दा रु.५७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै उक्त आगलागी छिमेकी रामजीत राई र मनबहादुर राईको घरमासमेत सल्केको थियो । आगलागीमा रामजीत राईको दुई तले घर र घरमा रहेका करिब रु ३५ लाख मूल्यका सम्पूर्ण सामग्री तथा उक्त घरमा डेरा गरी पसल गर्ने धर्म केरुङको किराना पसल र टेलर्स आगलागीमा जल्दा करिब रु पाँच लाख मूल्यको क्षति भएको छ ।

यस्तै मनबहादुर राईको दुई तले घर, उक्त घरमा स्थानीयवासी मेहेन्द्र राईले सञ्चालन गर्दै आएको आइएमइई मनि ट्रान्सफर शाखा कार्यालय, मेहेन्द्रकै जुत्ता पसल तथा नगद र गरगहना जलेका छन् । सोही घरमा स्थानीयवासी धनप्रसाद राईले सञ्चालन गरेको किराना पसल र कम्प्युटर सेन्टर, सुरेन्द्र राईले सञ्चालन गरेको फेन्सी पसल र अलैँची गोदाम तथा रञ्जना राईको टेलर्समा आगलागी हुँदा रु.९३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि प्रहरीको सिदिन, प्राङबुङ र नाङगीन प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालित हुनुका साथै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक डम्बर विश्वकर्माको कमाण्डमा २५ जना तथा सशस्त्र प्रहरी बल २ नं हेडक्वाटर हिमशिगर गुल्म फिदिमबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र साउदको कमाण्डमा १४ जनाको टोली आगलागी नियन्त्रणका लागि घटनास्थल पुगेको थियो ।

फिदिमबाट गएका दुई वटा दमकलको सहायताले स्थानीयवासी र सुरक्षाकर्मीले मध्यरात १ बजे आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । आगलागीमा घरबार गुमाएका छिमेकीको शरणमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्