स्रोत नखुलेको ३८ लाख रकम सहित एक युवक पक्राउ

<span class='c1'>स्रोत नखुलेको ३८ लाख रकम</span> <span class='c2'>सहित एक युवक पक्राउ</span>

धनुषा । धनुषामा स्रोत नखुलेको रु.३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् ।

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेको प्रहरी नायब महानिरीक्षक गणेश ठाडाले जानकारी दिनुभयो । प्रदेश–२–०२००१प ०४८०८ नंको मोटरसाइकलको ट्याङ्कीभित्र लुकाएर ल्याउँदै गरेको सो रकम प्रहरीले बरामद गरेको हो । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ ।

उनी हुण्डी कारोबारी हुनसक्ने प्रहरीको आशङ्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्