सुनसरीमा शनिबार राती आगलागीबाट दुई घर जले

<span class='c1'>सुनसरीमा शनिबार राती आगलागीबाट</span> <span class='c2'>दुई घर जले</span>

विराटनगर २९ कार्तिक । सुनसरी जिल्लाको बेग्लाबेग्लै दुई स्थानमा शनिबार राती आगलागीबाट दुई घर जलेको छ । भरौल गाविस ४ बस्ने सुरज राईको घरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा उनको घर र घरभित्र रहेको सुन(चादीका गहना तथ नगदसमेत गरी अन्दाजी चार लाख पचास हजार बराबरको धनमाल जलेको छ। त्यसैगरी सुनसरीकै हरिहरपुर गाविस ९ स्थित सुकदेव रजकको घरमा अचानक आगलागी हुँदा उनको घरभित्र रहेको लत्ताकपडा, खाधान्न जल्दा अन्दाजी पचास हजार बराबरको क्षती भएको छ। आगो निभाउनेक्रममा उनकी १५ वर्षिया छोरी राधा रजक सामान्य घाइते भएकी छन्। दुबै स्थानमा लागेको आगो स्थानीय प्रहरी, बारुणयन्त्र र गाउँलेहरुको सहयोगमा निभाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्