सांसद ऋषिकेश पोखरेल माथि मोरङको झुर्कियामा आज आक्रमण

<span class='c1'>सांसद ऋषिकेश पोखरेल माथि</span> <span class='c2'>मोरङको झुर्कियामा आज आक्रमण</span>

भोली आम्बारी चोकमा बिरोध प्रदर्शन गर्ने

विराटनगर २९ कार्तिक । आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले मोरङ क्षेत्र नम्बर १ का एमाले सांसद ऋषिकेश पोखरेल र केन्द्रीय सदस्य महफुज अन्सारीमाथि मोरङको झुर्कियामा आज आक्रमण गरेका छन् । एमाले क्षेत्रिय कमिटिले झुर्कियाको पैयामारी प्राविमा आज शुभकामना आदान प्रदान तथा संबिधानको अन्र्तरवस्तुका बारेमा कार्यकर्तालाई जानकारी दिने कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा सहभागी भएर फर्कने क्रममा सांसद पोखरेल र केन्द्रीय सदस्य अन्सारीलाई मोर्चाका कार्यकर्ताले ढुंगामुढा गर्दै आक्रमण गरेका हुन् । ढुंगाले लागेर सभासद चढेको बा १३ च ३१४० नम्बरको बोलेरो जीपका सिसा फुटेको छ । सभासद पोखरेल र केन्द्रीय सदस्य अन्सारी भने सकुशल छन् । आक्रमणबाट एमाले जिल्ला सचिवालय सदस्य रामलाल साहलाई भने सामान्य चोट लागेको छ । आफुहरु माथि मधेशी मोर्चाका नेता विनोद सिंह, उदय यादव र हरि शाहले नेतृत्व गरेको ४०र५० जनाको समुहले आक्रमण गरेको एमाले क्षेत्रिय सचिव गोपी चापागाईले जानकारी दिनुभयो । उनीहरुलाई कारबाहीको माग गर्दै एमालेले इलाका प्रहरी कार्यालय सिजुवामा उजुरी समेत दर्ता गराएको छ । यसैबीच आक्रमणको बिरोध गर्दै एमालेले सोमबार सिजुवाको आम्बारी चोकमा बिरोध प्रदर्शन गर्ने भएको छ । आक्रमणकारीलाई कारबाहीको माग गर्दै एमाले क्षेत्रिय कमिटिको आयोजनामा बिरोध प्रदर्शन गर्ने क्षेत्रिय सचिव चापागाईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्