गच्छदारलाइ विराटनगरमा कालो झन्डा प्रर्दशन

<span class='c1'>गच्छदारलाइ विराटनगरमा कालो</span> <span class='c2'>झन्डा प्रर्दशन</span>

विराटनगर २९ कार्तिक ।
उपप्रधान एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले आज विराटनगरमा रहेको कोसी अञ्चल अस्पतालको निरीक्षण गर्नु भएको छ । नयाँ बनेको सरकारमा आफ्नो पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको भागमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी परेर पार्टीका महासचिव रामजनम चौधरी स्वास्थ्य मन्त्री भएपछि गच्छदारले स्वास्थ्य संस्थाहरुमा निरीक्षण र अनुगमन गर्दै त्यहाँको अवस्थाका बारेमा जानकारी लिन थाल्नु भएको हो । मन्त्री गच्छदारले अस्पतालको निरीक्षण भ्रमण गर्दै त्यहाँको अवस्थाका बारेमा जानकारी लिनु भएको थियो । सो क्रममा अस्पताल प्रशासनले लामो समयदेखि जारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्द र हड्तालका कारण औषधिको अभाव भएको जानकारी गच्छदारलाई गराएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.रोशन पोखरेलले बन्द, हड्ताल तथा भारतले गरेको अघोषित नाकाबन्दीका कारण औषधि आयात हुन नसक्न बिरामीहरु समस्यामा पर्न थालेको जानकारी गराउनु भयो । डा पोखरेलले सरकारले सर्वसाधारणलाई निशुल्क रुपमा उपलब्ध गराउने सबै खालका औषधि सकिएकोपनि बताउनु भयो । उहाँले निर्माण गरेको लामो समय भइसकेको र अस्पतालको भवन जीर्ण बन्दै गएका कारण अस्पतालको सेवा प्रवाहमै समस्या रहेको जानकारी गराउनु भएको छ ।
यता विजयकुमार गच्छद्धारालाई सरकारमा सहभागी भएको भन्दै विराटनगरमा आज कालो झन्डा प्रर्दशन गरिएको छ । विराटनगरमा आयोजना गरिएको चियापान कार्यक्रममा विराटनगर आईपुगेका गच्छद्धारालाई मधेशवादीदलका नेता तथा कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । विरोध कार्यक्रममा नेपाल सदभावना पाटीका नेता दिलीप कुमार धाडेवा ,सघिय लोकतान्त्रिक फोरमका राजकुमार यादव, तमलोपाका मोहमद कादिर, चन्द्र प्रसाद राजबसी लगायतले विरोध जनाएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्