भौगोलिक सुचना प्रणाली सम्बन्धी आधारभुत कम्प्युटर तालिम आयोजना

भौगोलिक सुचना प्रणाली सम्बन्धी आधारभुत कम्प्युटर तालिम आयोजना

बिराटनगर ११ भदौ । जिल्ला विकास समिति मोरङ्गमा आज देखि आधारभुत कम्प्युटर तालिम शुरु भएको छ । जिबिसका प्राबिधीक, कर्मचारी, गाबिसका सचिवहरु तथा बिषयगत कार्यालयका प्रतिनिधी गरी  १७ जनाको सहभागीता रहेका तालिममा सहभागीहरुलाई भौगोलिक सुचना प्रणाली सम्बन्धी पाच दिने आधारभुत कम्प्युटर तालिम दिइनेछ । तालिमको उद्घाटन गर्दै मोरङ्गका स्थानिय बिकास अधिकारी बाबुराम गौतमले जिल्लाको सबै क्षेत्रको समायानुकुल सुचना सहितको आफ्नै प्रकाशन माध्यम हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारी कार्यालयहरुले सेवाग्राहीलाई सरल र सुलभ रुपमा सुचना उपलब्ध गराउने संयन्त्रको विकास गरि सहभागीहरुले तालिम पछि सुचनाहरुलाई नक्सामा प्रदर्शन र ब्यवस्थापन गर्न सक्नेछन् भनी विश्वास व्यक्त गर्नु भयो ।
तालिममा भुमिसुधार तथा ब्यवस्था मन्त्रालयका उपसचिव सिआइएस बिज्ञ नवराज सुबेदीले सहभागीहरुलाई तालिम दिनुहुनेछ भने सहजीकरण जिबिस मोरङ्गका प्रमुख इन्जिनियर जिवन गुरागाइ र सुचना अधिकृत महेन्द्र खड्काले गरीरहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्