प्रधानमन्त्री कप : सिद्धान्त लोहनीको कप्तानीमा प्रदेश-१ टिमको घोषणा

<span class='c1'>प्रधानमन्त्री कप : सिद्धान्त लोहनीको</span> <span class='c2'>कप्तानीमा प्रदेश-१ टिमको घोषणा</span>

विराटनगर । पुष २६ गते देखि काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश नम्बर-१ ले १४ सदसीय टिमको घोषणा गरेको छ।

राष्ट्रिय क्रिकेटर सिद्धान्त लोहनी कप्तानीको टिमको प्रशिक्षकमा पूर्व राष्ट्रिय क्रिकेटर लाक्पा लामा छन्। यस्तै टिम व्यवस्थापक अजय राजबंशी रहेका छन् । भर्खरै युएईमा आयोजित यु-१९ एसिया कप टिममा रहेका देब्रे हाते स्पिनर दिपेश कंडेल टिममा छन्।

प्रदेश नम्बर-१ टिम : सिद्धान्त लोहनी ( कप्तान ) , मुकुन्द यादव, श्रवण यादव, दिपेश कंडेल, मिनस थापा, शाकिब हक, अंकित सुबेदी ( उपकप्तान ) , मनोज तामाङ, बिधान गोस्वामी, सोनु अन्सारी, सुमन श्रेष्ठ ( विकेटकिपर ) , फिर्दोश अन्सारी, कमल खत्री, बिबेक मेहता , वैकल्पिक खेलाडी : ज्ञानु श्रेष्ठ, सोनु मण्डल, समिर कार्की , गौरव कटवाल

प्रतियोगितामा प्रदेश नम्बर-१ समुह ‘ए’ मा छ जुन समुहमा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश छन्। प्रदेश-१ ले पहिलो खेल पुष २७ गते मुलपानी मैदानमा कर्णाली प्रदेशसंग खेल्ने तालिका छ।

प्रतियोगितामा ७ वटा प्रदेश र तिन वटा विभागीय गरि १० टोलि सहभागी हुनेछन्। १० टिमलाई समुह ‘ए’ र ‘बि’ गरि दुई समुहमा विभाजन गरिएको छ। समुह चरणमा सबै टिमले एक-अर्कासंग एक/एक खेल खेलेपछि दुवै समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। खेलहरु टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुर र मुलपानी मैदानमा आयोजना हुनेछ। समुह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर-१ छन्। समुह ‘बि’ मा नेपाल एपीएफ क्लब, प्रदेश-२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्।

साभार:KHEL NEPAL

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्