हिमपातले टावरमा समस्या

<span class='c1'>हिमपातले टावरमा</span> <span class='c2'>समस्या</span>

डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ४ र ६ मा राखिएका नेपाल टेलिकमका टावरले काम नगर्दा समस्या उत्पन्न भएको छ ।

हप्ता दिन पहिले परेको हिमपातका कारण ती टावरले काम गर्न छोडेका कारण यहाँका नागरिकलाई सूचना सम्पर्कका लागि समस्या उत्पन्न भएको स्थानीयवासी तेजबहादुर सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “टेलिकमका टावरले काम गर्न छोडेको छ, नेटवर्कले काम नगर्दा हामीलाई खबर आदानप्रदानका लागि निकै समस्या भएको छ ।” ती क्षेत्रमा जडान गरिएका नेपाल टेलिकमका टावरले खासै काम नगर्दा यहाँका नागरिकले पटक–पटक दुःख खेप्नु परेको उहाँको भनाइ छ । टावरको नेटवर्कले काम नगरेका विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या समाधानका लागि कुनै पहल नभएको अर्का स्थानीयवासी दिनेशबहादुर सिंहले जानकारी दिनुभयो ।

उता नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले सायल क्षेत्रको भल्मामा जडान गरिएका टावर ब्याट्रीबाट सञ्चालन हुने भएकाले केही दिनदेखि घाम नलागेका र घाम नलागेको दिन तथा रातिको समयमा ब्याट्री चार्ज हुन नपाउदा समस्या भएको हुनसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“टावरले किन काम नगरेको हो हामी बुझेर नेटवर्क सुचारुका लागि पहल गछौँ ।”

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्