अवैध लागूऔषध सहित पक्राउ

<span class='c1'>अवैध लागूऔषध</span> <span class='c2'>सहित पक्राउ</span>

मोरङ । धनपालथान गाउँपालिका वडा २ बरियाती टोलबाट करिब ३ किलो १ सय ५ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ४० वर्षीय वसन्त पासवानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी अमाहिवरियातीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उक्त गाँजा ओसारपसारमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका वडा १६ बस्ने ३६ वर्षीय रबिन राईलाई नगद २० हजार ५ सय रुपैयाँ र सोही ठाउँ बस्ने २९ वर्षीय वचन राईलाई प्रदेश नम्बर १-०२०-०४५ प २६९९ नम्बरको मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, मेचीनगर नगरपालिका वडा १० खनाल बस्ती बस्ने ३२ वर्षीय विक्रम प्रसाई र सोही नगरपालिका वडा ९ बस्ने ४४ वर्षीय संजय खड्कालाई ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, १ थान डिजिटल तराजु र नगद १९ हजार ५ सय रुपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले खड्काको भान्सा कोठा तलासी गर्दा उक्त पदार्थ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका वडा १५ स्थित सडकबाट नियन्त्रित लागूऔषध २ सय ५० एम्पुल नूफिन, २ सय ५० एम्पुल डाइजेपाम र २ सय ५० एम्पुल फेनारगन सहित धोबिनी गाउँपालिका-२ आशवारी बस्ने १९ वर्षीय पृथ्वी सिंह कुर्मीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चामलको बोराभित्र लुकाइ छिपाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्