इँटा उद्योगमा काम गर्ने कामदार महिलाको मृत्यु

<span class='c1'>इँटा उद्योगमा काम गर्ने</span> <span class='c2'>कामदार महिलाको मृत्यु</span>

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–६ तेरहौतास्थित इँटा उद्योगको बन्डीवाल भत्किँदा आज एकजना महिला कामदाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–६ बस्ने ५० वर्षीय जतरीदेवी सरदार रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । विशाल इँटा उद्योगमा काम गर्ने सरदार काँचो इँटा पकाउनका लागि चाङ लगाउने क्रममा छेउको वाल भत्किँदा उनी च्यापिएकी थिइन् ।

उपचारका लागि छिन्नमस्ता अस्पताल राजबिराजमा भर्ना गरे पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, इँटा उद्योगको बन्डीवाल भत्किँदा अग्निसाइर कृष्ण सावरण गाउँपालिका–४ बस्ने ५० वर्षीय मङ्गल सदा र भारतको राबेरली मधुवन बस्ने ४० वर्षीय रमेशकुमार लौउदी घाइते भएका छन् ।

विभिन्न भागमा चोटपटक लागि घाइते भएका उनी दुवै जनाको उपचारका लागि छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्