मोरङ । मोरङको धनपालथान गाउँपालिका वडा २ स्थितबाट लागुऔषध गाँजा ३ केजी १०५ ग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा धनपालथान वडा २ बरियाती टोलका ४० बर्षीय बसन्त पासवान, सुनसरी धरान वडा १६ बस्ने ३६ बर्षीय रविन राई र २९ बर्षीय वचन राईलाई पक्राउ गरेको हो । निजहरुबाट अवैध लागुऔषध गाँजा ३ केजी १०५ ग्राम, नगद २० हजार ५ सय रुपैया र प्रदेश १-०२०-०४५ प २६९९ नंम्बरको मोटरसाईकल बरामद भएको थियो ।
अवैध लागुऔषध गाँजा सहित पक्राउ परेका तीनै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसूरमा म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।