मिर्गौला पीडित तामाङलाई सहयोग

<span class='c1'>मिर्गौला पीडित</span> <span class='c2'>तामाङलाई सहयोग</span>

लमजुङ । बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीका दुवै मिर्गौलाले काम नगर्ने अवस्थामा पुगेका ४५ वर्षीय धनबहादुर तामाङलाई रु.६२ हजार ७३५ सहयोगस्वरूप उपलब्ध गराइएको छ ।

नेकपा एमाले बेँसीसहर नगर कमिटीको पहलमा पार्टीको आठौँ जिल्ला अधिवेशनमा सहभागी प्रतिनिधिहरुबाट चन्दा सङ्कलन गरी सो रकम तामाङलाई उपलब्ध गराइएको हो । कमिटी सदस्य एवं सोही गाउँका स्थानीयवासी ईश्वरराज सेढाइँ र ऋषि सेढाइँको नेतृत्वमा सङ्कलित रकम नेकपा एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारीले आज मिर्गौला पीडित तामाङलाई हस्तान्तरण गर्दै दुःखमा परेका नागरिकलाई सहयोग गरी मानवताको भावना प्रकट गर्नुपर्ने बताउनुभयो । नागरिकस्तरबाट मात्र नभई सरकारले समेत यस्ता विषयमा चासो दिनुपर्ने उहाँको भनाइ थियो ।

पीडित तामाङले उपचारका क्रममा हालसम्म रु.११ लाख खर्च भइसकेको र अझै धेरै रकम आवश्यक भए पनि आर्थिक अवस्था नाजुक भएकाले सबैको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो जीवन बचाउन अमूल्य सहयोग रहोस् ।’’ गत पुस ६ गते काठमाडौँको टिचिङ अस्पतालमा स्वास्थ्य जाँच गर्दा दुवै मिर्गौलाले काम नगर्ने पुष्टि भएको र उक्त अस्पतालमा ११ दिनसम्मको उपचार पछि हाल भरतपुरस्थित सरकारी अस्पतालमा उपचार गराउँदा अहिलेसम्म रू.११ लाख खर्च भइसकेको जनाइएको छ ।

मिर्गौला फेर्नका लागि आफ्नै श्रीमतीले दिन राजी भएको र यसका लागि थप रू.१० लाख जति आवश्यक रहेकाले सहयोगी मनहरुलाई मोबाइल नं ९८१७११३२२२ मा सम्पर्क गर्न वा माछापुच्छे बैंकको खाता नं १७००९४३४७६५०००१३ मा रकम जम्मा गरिदिन पीडित तामाङ्ले आग्रह गर्नुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्