मधेशी मोर्चाका कार्यकर्ताहरुको आज जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि प्रदर्शन

<span class='c1'>मधेशी मोर्चाका कार्यकर्ताहरुको आज जिल्ला</span> <span class='c2'>प्रहरी कार्यालय मोरङ अगाडि प्रदर्शन</span>

बिनु तिम्सिना

बिराटनगर मंसिर ५

हिजो दिउँसो प्रहरीले पक्राउ गरेका आफ्ना नेता तथा कार्यकर्तालाई रिहा गर्न माग गर्दै मधेशी मोर्चाका कार्यकर्ताहरुले आज जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि प्रदर्शन गरेका छन् ।

कालो झण्डासहित पुगेका मधेशी मोर्चाका कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि पुगेर आफ्ना कार्यकर्ता छाड्न दबाब दिंदै नाराबाजी गरेका थिए । मोर्चामा आबद्ध संघीय समाजबादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले शान्तिपुर्ण आन्दोलनमा सहभागि भइरहेका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले विना कारण पक्राउ गरेको दाबी गर्दै तत्काल रिहा गर्न माग गर्नुभयो । प्रहरीले सवारी साधान तोडफोडमा संलग्न रहेको भन्दै मधेशी मोर्चाका ९ जना स्थानीय नेता तथा कार्यकर्तालाई हिजो विराटनगरका विभिन्न क्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउ गरिएकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको मोरङका प्रहरी प्रवक्ता प्रमोदकुमार खरेलले जानकारी दिनुभयो । उहाँले पक्राउ परेका संघीय समाजवादी फोरम नेपालका स्थानीय नेता राधे कामतको नेतृत्वमा नगरक्षेत्रका विभिन्न ठाउँमा तोडफोड भएकाले मुद्दा चलाइने समेत जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्