मोर्चाले प्रहरी कार्यलय मोरङ घेराउ गर्ने तयारी

<span class='c1'>मोर्चाले प्रहरी कार्यलय मोरङ</span> <span class='c2'>घेराउ गर्ने तयारी</span>

विराटनगर ५ मंसिर
सन्युक्त लोकत्रान्तिक मधेशी मोर्चाले आफना पक्राउ परेका कार्यकर्ताहरुको रिहाईको माग राख्दै जिल्ला प्रहरी कार्यलय घेराउको तयारी गरेका छन् । अहिले विराटनगरको जलजलाचोक देखी जिल्ला प्रहरी कार्यलय मोरङ्ग सम्म याली निकाल्दै छ्न । कार्यकर्तालाई रिहा नगरे आन्दोलन अझ चर्काउने तयारी गरेको मोर्चा नेताले बताएका छन् । यसैविच सन्युक्त लोकत्रान्तिक मधेशी मोर्चा मोरङ्ले आज बिहान जिल्ला प्रहरी कर्यालय मोरङ घेराउ गरेको थियो । हिजो बजार बन्द गराउने क्रम्मा प्रकाउ गरिएका ९ जनालाई छोडनु पर्ने माग गर्दै मोर्चाले आज बिहान आदा घन्टा प्रहरी कर्यालय अगाडि नाराबाजी गरेका थिए । मोर्चाले बिहानैदेखि प्रर्दशन गर्दै बिराटनगर बजार बन्द गराएका छन् । मोर्चाका नेताहरु दिलीप धाडेवा, सन्जय सिह , रामबिलास यादव,राजकुमार यादव, कादिर मिँया, भुराज राई, राछमी अछामी लगायतका नेताहरु बन्द गराउनेमा सक्रिय रहेका छन । मधेसी मोर्चाका कार्यकताहरुले आज बिहान पौन ६ बजे विराटनगरको घाँस चोकमा दुईवटा यात्रुवाहक बसमा तोडफोड गरेका छन् ।विराटनगरबाट झापा गइरहेको ना३ख ४९१९ र को१ख १७६५ नम्बरको बसमा ढुंगामुढा गरेर तोडफोड गरे पनि कुनै यात्रुलाई चोट नलागेको बताइएको छ । दुवै बसको अगाडीको सिसा फुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्