सरकारबीच सम्बन्ध चिसिए पनि दुई देशका नागरिकबीच सुमधुर सम्बन्ध : पूर्व अर्थमन्त्री

<span class='c1'>सरकारबीच सम्बन्ध चिसिए पनि  दुई देशका</span> <span class='c2'>नागरिकबीच सुमधुर सम्बन्ध : पूर्व अर्थमन्त्री</span>

प्रेम देवान
विराटनगर ५ मंसिर । पूर्व अर्थमन्त्री डा. शंकरप्रसाद कोइरालाले नेपाल र भारत सरकारबीच सम्बन्ध चिसिएको भएपनि दुई देशका नागरिकबीच सुमधुर सम्बन्ध रहेको बताउनु भएको छ ।
विराटनगरको जैन तेरापन्थ भवनमा आज आयोजित स्वस्थ्यकर जीवनको लागि अभिन्न विकास विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै कोइरालाले अहिले नेपाल र भारतबीचको सम्बन्ध गम्भीर मोडमा पुगेको बताउनु भयो । अहिलेको मुख्य चुनौती दिगो आर्थिक विकास भएकोले यसतर्फ केन्द्रीत हुनुपर्ने बताउँदै मानिसहरु भौतिकवादी र व्यक्तिवादी बन्दै गएको अवस्थामा बेरोजगारी घटाउनु प्रमुख तयारी हुनुपर्नेमा जोड दिनुभयो ।
आचार्य महाश्रमणले नैतिकता, सद्भाव, नासामुक्तीको अभियान चलाएर समाजका लागि उपयोगी काम गरेको चर्चा गर्दै कोइरालाले देशमा देखिएको प्रतिकुलतालाई अनुकुलतामा बदल्नु पर्ने बताउँदै भन्नुभयो,‘भारतसँगको पुरानो सम्बन्ध बिग्रन दिनुहुन्न ।’ कार्यक्रमा एमाले संसद राज्य लक्ष्मी गोल्छा,नेपाली काग्रेसका नेता जनार्दन निरौला लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्