कुटपिटबाट मृत्यु, कुटपिटमा संग्लग्न पक्राउ

<span class='c1'>कुटपिटबाट मृत्यु, कुटपिटमा</span> <span class='c2'>संग्लग्न पक्राउ</span>

संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिकावडा १ बस्ने ४० बर्षीय महेश राईको कुटपिटबाट मृत्यु भएको छ भने कुटपिटमा संग्लग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुङदेल वडा ३ खोटाङ घर भई सोही स्थानमा डेरा गरी बस्ने २८ बर्षीय शम्भु राई रहेका छन् । मृतक र अभियुक्त बिच पौष २६ गते सोमबार राती बादबिबाद भएको र बादबिबादकै क्रममा शम्भु राईले कुटपिट गर्दा महेश राई घाईते भएका थिए । घाईते भएका राईको बुधवार बिहान मृत्यु भएको हो । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको छ ।

हत्याको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्