भलिबलको कुशल कमान्डर गुमायौँ : डा.रावल

<span class='c1'>भलिबलको कुशल कमान्डर</span> <span class='c2'>गुमायौँ : डा.रावल</span>

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डा.रणबहादुर रावलले भलिबलका राष्ट्रिय प्रशिक्षक स्व ज्ञानेन्द्रबहादुर विष्टको निधनमा शोक प्रकट गर्नुभएको छ ।

स्व विष्टको १३औँ दिनको पुण्यतिथिमा टीकापुर युवा क्लबद्वारा आयोजित श्रद्धाञ्जलिसभामा डा रावलले राष्ट्रले भलिबल खेलको एक कुशल कमान्डर गुमाएको बताउनुभयो । उहाँले राष्ट्रको पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै त्यसमा स्व विष्टको योगदानलाई सबैले स्मरण गरिरहने बताउनुभयो । सुदुरपश्चिम खेलकुदका लागि उर्वरभूमि भएको सुनाउँदै उहाँले जुनसुकै खेलमा पनि सुदूरपश्चिमको प्रतिनिधित्व रहेको उल्लेख गर्नुभयो ।

टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले स्व विष्ट टीकापुरमा भलिबल प्रशिक्षण एकेडेमी सञ्चालन गर्न तत्पर रहेको अवस्थामा उहाँको निधनपछि सो कार्य आफुहरुको काँधमा आएको बताउनुभयो । टीकापुर नगरपालिका–१ मा स्थायी बसोबास गर्दै आउनुभएका विष्टको कोरोना सङ्क्रमणका कारण यही पुस १७ गते उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो । सशस्त्र प्रहरीको एपिएफ क्लबको महिला टोलीको प्रशिक्षकसमेत रहनुभएका विष्ट पछिल्लो समय टीकापुर भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिँदै आउनुभएको थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्