कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी २० बर्ष पछी पक्राउ

<span class='c1'>कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी</span> <span class='c2'>२० बर्ष पछी पक्राउ</span>

ईलाम । १८ बर्षीय किशोरीको हत्या गरी फरार रहेका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय ईलामले २० बर्ष पछी पक्राउ गरेको छ ।

२०५८ साल माघ ६ गते भएको हत्याको घटनामा संग्लग्न रहेका ईलामको साबिक पशुपतिनगर वडा ३ बस्ने ४१ बर्षीय गोरे भनिने मन कुमार राईलाई घटनाको २० बर्ष पछि यही पौष १६ गते पक्राउ गरेको हो । ईलामकै कन्याम घर भई आफ्नो माईती घर आएको समयमा खुर्पाले घाँटीमा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । अनुसन्धानको क्रममा घटनाको प्रकृति र पक्राउ परेका अभियुक्तले दिएको बयानको आधारमा मन कुमारले रोजिना राईको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

२०५८ साल माघ ६ गते राती ८ बजेको समयमा गाईगोठमा काम गरिरहेकी रोजिनालाई मन कुमारले आफु संगै जान आग्रह गरेको र जान नमाने पछी जबरजस्ति तानेर लगेको तानेर लैजाने क्रममा रोजिना लडेर घाईते भएको र आफुलाई थप आरोप लाग्न सक्ने भयले मन कुमारले रोजिनाको हत्या गरेको पनी अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

घटना बारेमा जिल्ला प्रहरी कार्यालय ईलामले थप अनुसन्धान गरिहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्