सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड

<span class='c1'>सार्वजनिक सेवा पाउन</span> <span class='c2'>अनिवार्य खोप कार्ड</span>

जुम्लामा सार्वजनिक सेवा पाउन अनिवार्य खोप कार्ड हुनुपर्ने व्यवस्था गरिने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले यस्तो आग्रह गरेको हो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जुम्लाका नागरिकलाई सङ्क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ ।सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्नेछ । सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै उपस्थित हुने प्रशासनिक र सामाजिक कार्यक्रम नगर्न समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताउनुभयो ।

अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने, सार्वजनिकस्थलमा २५ जनाबढी भेला हुन गरी मेला, भेला तथा महोत्सव आयोजना नगर्ने निर्णय गरिएको प्रजिअ प्रसाईंले बताउनुभयो । “७ माघ देखि लागू हुने गरी सार्वजनिकस्थल, कार्यालय, होटल, रेस्टुरेण्ट, सार्वजनिक यातायात र बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्दा अनिवार्य कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको छ”, प्रजिअ प्रसार्इंले बताउनुभयो ।

चार लाख राजस्व सङ्कलन

जुम्लाको गुठिचौर गाउँपालिकामा पाँच महिनामा तीन लाख ८२ हजार ८६८ सङ्कलन भएको छ । गाउँपालिकाले विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरिरहेको गाउँपालिकाका राजस्व प्रमुख तिलप्रसाद पाण्डेले बताउनुभयो । जसमध्ये गाउँपालिकाबाट रु.एक लाख ७८ हजार ५६६ सङ्कलन भएकोमा वडाबाट रु.एक लाख ९५ हजार ३०२ सङ्कलन भएको छ । अघिल्लो आव २०७७-७८ मा गाउँपालिकाले विभिन्न शीर्षकबाट २७ लाख १५ हजार ४०३ राजस्व सङ्कलन गरेको गुठिचौर गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्