पूर्वाञ्चलमा अहिले ५० प्रतिशत मात्र इन्धन आपुर्ती हुदै

<span class='c1'>पूर्वाञ्चलमा अहिले ५० प्रतिशत</span> <span class='c2'>मात्र इन्धन आपुर्ती हुदै</span>

प्रेम देवान

विराटनगर ६ मंसिर
पूर्वाञ्चलमा सामान्य अवस्थाको तुलनामा अहिले ५० प्रतिशत मात्र इन्धन आपुर्ती गरिरहेको निगमले जनाएको छ ।
क्षेत्रीय कार्यालयमा प्राप्त भएको इन्धनको ६० प्रतिशत काठमाण्डौ लगायत मुलुकका अन्य क्षेत्रमा ट्रान्सफर गर्ने गरेको र ४० प्रतिशत आन्तरिक खपतमा वितरण गरिरहेको क्षेत्रीय प्रवन्धक खिलेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटगनरले भारतीय आयल कर्पोरेशनको बरौनी डिपोबाट विगतकै अनुपातमा इन्धन आपुर्ती भइरहेको जानकारी दिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको सक्रियतामा आज जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निगमले बरौनी पठाएकाजति सबै टयांकरमा लोड भइरहेको जानकारी दिइएको हो ।

कार्तिक महिनामा जोगवनी नाका भएर निगम क्षेत्रीय डिपो विराटनगरमा २ हजार ७ सय किलोलिटर पेट्रोल, ७ हजार ३ सय किलोलिटर डिजेल, २ सय २० किलो लिटर हवाई इन्धन आयात भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
त्यस मध्ये मध्यमाञ्चलको अमलेखगञ्ज डिपोमा ८ सय ६० र थानकोट डिपोमा ६ सय २० किलो लिटर पेट्रोल ट्रान्सफर गरेको बताइएको छ । यस्तै १ हजार ५ सय २० किलो लिटर डिजेल अमलेखगञ्जकालागि र २ हजार ६ सय ८० किलो लिटर थानकोट डिपोमा पठाएको निगमले जानकारी दिएको छ ।
इन्धन आपुर्तीको सहज र समानुपातिक वितरण गर्न निश्चित मापदण्ड तयार गरेको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले कसैले अनियमितता गरेको पाइए कारवाही गर्ने बताउनुभयो । उहाँले बजार अनुगमनलाई व्यवस्थित बनाउँदै लगेकोले त्यसमा सहयोग गर्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

बिषेश गरेर सुरक्षा क्षेत्र, स्वास्थ्य, खाद्यान्न आपुर्ती ढुवानी, लामो दुरीका सार्वजनिक साधन, वित्तिय तथा बैंकिङ क्षेत्र, सञ्चार आदि क्षेत्रलाई प्राथमिकतामा राखेर इन्धन उपलव्ध गराइएको उहाँको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्