मधेसी मोर्चाको अबरोधका बीच सिकिस्त शिशुको बाटोमै मृत्यु

<span class='c1'>मधेसी मोर्चाको अबरोधका बीच</span> <span class='c2'>सिकिस्त शिशुको बाटोमै मृत्यु</span>

पनि छोडेनन्, एम्बुलेन्सभित्र बाटोमै मृत्यु

विराटनगर, मंसिर ७

उदयपुरबाट विराटनगरतिर उपचारका लागि ल्याउँदै गरेको शिशुको सोमबार बाटोमै मृत्यु भएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अबरोधका बीच हिँडिरहेको एम्बुलेन्समा शिशुको मृत्यु भएको हो।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१५ का शिशु पदमबहादुर बुढाथोकी छन्। उनको सुनसरी जिल्लाको हरिपुरमा मृत्यु भएपछि आफन्तले घर फर्काएका छन्। गाईघाट अस्पतालमा उनलाई बिहान भर्ना गरिएको थियो।

निमोनियाले ग्रस्त शिशुलाई अस्पतालले तत्कार्ल विराटनगर लैजान सुझाव दिएको थियो। विराटनगर नोबेल अस्पतालमा ल्याउने क्रममा मोर्चा कार्यकर्ताबाट विभिन्न ठाउँमा झन्डै एक घन्टा अवरोध भएको एम्बुलेन्स चालक मेहेबुब राजाले बताए।

राजाका अनुसार सप्तरीको भारदह, शम्भुनाथमा पन्ध्र मिनेटभन्दा बढी अवरोध भएको थियो। त्यस्तै, कञ्चनपुर र बरमझियामा पनि अबरोध भएको थियो।

सप्तरीमा तीन जनाको मृत्यु भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता आक्रोशित छन्। उनीहरूले स्कर्टिङमा बाधा पुर्‍याउने र एम्बुलेन्स रोक्ने गरेका छन्।

राजाका अनुसार हरिपुर आएपछि बच्चाको स्थिति हेर्दा मृत्यु भइसकेको पाइएपछि त्यहीँबाट फर्काइयो। आफन्त राजन खड्काले समयमै उपचारका लागि गन्तव्य पुर्‍याउन नसक्दा यो दुःख भोग्नुपरेको गुनासो गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्