“सीमांकन समस्या समाधानबारे भारतसँग सकारात्मक वार्ता सुरू”- कृषि मन्त्री

<span class='c1'>“सीमांकन समस्या समाधानबारे भारतसँग सकारात्मक</span> <span class='c2'>वार्ता सुरू”- कृषि मन्त्री</span>

बिनु तिम्सिना

बिराटनगर मंसिर ८

कृषि मन्त्री हरिबोल गजुरेलले सीमांकन समस्या समाधानबारे भारतसँग सकारात्मक वार्ता सुरू भएको बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकारसंघको आयोजनामा आज विराटनगरमा आयोजित पत्रकार भेटाघाट कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै उहाले पार्टि अध्यक्ष पुष्पकमल दाहाल र भारतीय राजदूत रञ्जित रोय बीच सोमबार भटवार्ता भएको र सो भेटमा सीमांकनबारे सकारात्मक कुरा भएको उहाले जानकारी दिनुभयो । नेपालीहरू देशको आन्तरिक समस्या आफै समाधान गर्न योग्य भएपनि सीमाङ्कनको विषय भारतसँग जोडिएर आएको हुनाले भारतसँग कुराकानी गर्नुपर्ने उहाको भनाइ छ ।
आफ्नो देशको आन्तरिक समस्या आफै समाधान गर्नुपर्ने बताउदै उहाले छिमिकी फेर्न नसकिने कुरामा पनि ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । पहाडिया समुदायले विगतमा देखाएको मधेशप्रतिको उपेक्षाका कारण अहिले पराइले मधेशले केहि पाएको छैन भनेर भ्रमको खेति गर्ने मौका पाएको उहाको भनाइ छ ।
झापा, मोरङ, सुनसरी १ नम्बर प्रदेशमै हुनुपर्ने वा यी तीन जिल्लाको छुट्टै राज्य हुनुपर्ने दुबै विषय अहिले उठेको समेत उहाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्