तस्करीका औषधी नबेच्न ब्यावसायिकको प्रशासन समक्ष माग

<span class='c1'>तस्करीका औषधी नबेच्न ब्यावसायिकको</span> <span class='c2'>प्रशासन समक्ष माग</span>

प्रेम देवान
विराटनगर ८ मंसिर । तस्करीका औषधी नबेच्न मोरङ्गका औषधी ब्यावसायिहरुले जिल्ला प्रशासन मोरङ्ग समक्ष माग गरेका छन् । लामो समयदेखि भइरहेको तराई मधेश बन्दका कारण औषधी अभाव भएका बेला प्रतिबन्धीत औषधी तस्करी भइरहेको खुलसा भएपछी उनीहरुले यस्तो आग्रह गरेका हुन् । विराटनगरका औषधी पसलहरुले छ्याप्छ्याप्ती बेचिरहेको भन्दै मोरङमा औषधी ब्यवसायिहरुले अनुगमन गरी रोक्न प्रशासन समक्ष माग गरेका छन । आज स्वतन्त्र नेपाल औषधी ब्यापार सघ विराटनगरको टोलीले प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीलाई ज्ञापन पत्र बुझाउदै प्रतिबन्धीत औषधीको तस्करी र विक्री रोक्नका लागि ठोस कदम चालन आग्रह गरेका छन । ज्ञापन पत्र बुझाउदै संघका अध्यक्ष दिनबन्दु ढकालले खुल्ला बोर्डरका कारण तस्करहरुले नेपाल सरकारले प्रतिबन्ध लगाएका औषधीहरु भित्राउने गरेको र बेच्ने गरेकोले मानव स्वास्थ्य संकटमा पर्ने भन्दै चाडो यसलाई रोक्नुपर्ने बताउनुभयो । उहाले औषधी संकटको बेलामा बढी नाफा कमाउने उध्येश्यले औषधीमा कालोबजारी भएको बताउनुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी कार्कीले आजैबाट अनुगमन शुरु गरी प्रतिबन्धीत औषधी विक्रीमा रोक लगाइने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्