भारदह, रुपनी र राजविराजमा निषेधित क्षेत्र

<span class='c1'>भारदह, रुपनी र</span> <span class='c2'>राजविराजमा निषेधित क्षेत्र</span>

 

सप्तरी, मङ्सिर ९

जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि जिल्लाका तीन ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ । भारदह, रुपनी र सदरमुकाम राजविराजमा आज बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए।

गत शनिबार राति राजमार्ग खुलाउने क्रममा प्रहरी र आन्दोलकारीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा भारदहमा डढा गाविस–९ का १८ वर्षीय वीरेन्द्र राम र रुपनीमा जोमनी मधेपुरा गाविस–४ का २२ वर्षीय नागेश्वर यादव तथा राजविराज नगरपालिकामा ४५ वर्षीय दिलीप साहको मृत्यु भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्