मिनी मेलामा हाँस्यकलाकारहरुको प्रस्तुति

<span class='c1'>मिनी मेलामा</span> <span class='c2'>हाँस्यकलाकारहरुको प्रस्तुति</span>

तेजन खड्का
इटहरा मंसिर ११ गते ।
मोरङको इटहरास्थित सोमबारेमा आयोजित रमाईलो मिनी मेलामा नेपालका चर्चित हाँस्य कलाकारहरु प्रस्तुत भएका छन् । चर्चित हाँस्यकलाकारद्वय सुरेन्द्र केसी मुलाको साग र शिवशंकर रिजाल जोगीन्दर पानवालाले देशको वर्तमान अवस्था र अन्य विविध मसाला प्रस्तुत गरेपछि दर्शकहरुले हाँस्दै मनोरञ्जन लिएका थिए ।

नृत्य र गीतसंगै झुमिरहेका दर्शकहरु उनीहरुको प्रस्तुतिमा एक पेट पिचिमिचि हाँसेका थिए ।

हरेक दिन बिभिन्न हाँस्य कलाकार मनोरञ्जन दिलाएको मिनी मेलामा गुन्द्रुक साधेर,सुरवीर पण्डित दारी बाँले र बिष्णु बुढाथोकीले पनि मनोरञ्जन दिलाएका छन् । मंसिरको जाडोको कुनै प्रवाह नगरी दर्शकहरु भरिभराउ हुने गरेको आयोजक समितीका संयोजक कमल जोजो वाईवाले जानकारी दिएका छन् । स्थानीय तथा दार्जिलिङका कलाकारहरुले पनि
आकर्षक नृत्य प्रस्तुत गरेर साँझ मेलामा रौनकता थप्ने गरेका छन् । बुलेट गाइज क्लवले गर्ने सामाजिक कामका लागि सहयोगार्थ मेलामा केहि दिनमा भित्रमै हर्के हवल्दार पनि मेलामा प्रस्तुत हुने कार्यक्रम रहेको पनि वाईवाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्