ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या

<span class='c1'>ठेकेदारको लापरबाहीले विद्युत्</span> <span class='c2'>विस्तारमा समस्या</span>

डोटी । जिल्लाको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहिलेसम्म गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्न सकिएको छैन ।

बिजुली बत्ती अभावमा यहाँ सरकारी कामकाजदेखि स्थानीयवासीलाई समस्या भएको छ । नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रशारणको विद्युत् सेवा विस्तारका लागि दुई वर्ष अघि बोलपत्र आह्वान गरेको थियो । अहिलेसम्म विद्युत् विस्तारको काम नहुँदा समस्या भएको स्थानीय रोजबहादुर कलेलले बताउनुभयो । बिपीनगर बजारबाट गाउँपालिकासम्म विद्युत् विस्तारका लागि प्रधिकरणको दिपायल वितरण केन्द्रले बोलपत्र आह्वान गरेको थियो ।

कापडी गाडबाट निकालिएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सो पालिकामा विद्युत् विस्तारका लागि भगवती कन्सट्रक्सन दिपायलले पोल र तार तान्ने ठेक्का पाएको थियो । अहिलेसम्म कामको सुरुआत हुन सकेको छैन । विद्युत् विस्तारको जिम्मा पाएको कम्पनीले भने समयमै विद्युत् प्राधिकरणबाट सामान नपाउँदा काममा ढिलाइ भएको जनाएको छ । पोल र तार जताततै फालिएका अवस्थामा छन् ।

कम्पनीले केही ठाउँमा पोल गाढेको भए पनि हाल ति ढलेको अवस्थामा रहेका स्थानीय उपेन्द्र धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “पोल ढलेका छन्, कतिपय ठाउँमा तार चुँडिएका छन् ।” बिजुली नहुँदा कार्यालयको कामकाजमा बाधा पुगेको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । विद्युत् प्राधिकरण, दिपायलका प्रमुख राजेन्द्रलाल देवले तारको समस्याका कारण विद्युत् विस्तारको काम हुन नसकेको बताउनुभयो । “तार उपलब्ध हुने बित्तिक्कै काम अघि बढ्छ”, उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्