पेट्रोल बम प्रहार गरी बोर्डिङ स्कुलमा आगजनी

<span class='c1'>पेट्रोल बम प्रहार गरी</span> <span class='c2'>बोर्डिङ स्कुलमा आगजनी</span>

विराटनगर १२ मसिर
महोत्तरी जिल्लाको सोनामाई गाविसमा शुक्रबार राति अज्ञात समूहले पेट्रोल बम प्रहार गरी एक बोर्डिङ स्कुलमा आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सोनामाई गाविस–२ मा अवस्थित एसएम ग्यालेक्सी इङ्लिस बोर्डिङ स्कुलमा शुक्रबार राति अज्ञात समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् । आगजनीबाट सो विद्यालयका प्रधानाध्यापक बस्ने कोठाभित्रका दराज, फर्निचर, स्टेसनरीसहित केही महत्वपूर्ण कागजात नष्ट भएको प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताए । गाउँभन्दा बाहिर जलेश्वर–बर्दिबास सडकखण्डको छेउमा रहेको सो विद्यालयमा मध्यरातमा भएको आगजनीबारे कसैले केही पनि थाहा पाउन सकेनन् । आगजनीबाट रु दुई लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्