उद्योग संगठन मोरङद्वारा ‘मास्क लगाऔं, कोरोना भगाऔं’ अभियान सुरु

उद्योग संगठन मोरङद्वारा ‘मास्क लगाऔं, कोरोना भगाऔं’ अभियान सुरु

विराटनगर । कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै उद्योग संगठन मोरङले विराटनगरमा ‘मास्क लगाऔं, कोरोना भगाऔं’ अभियान सुरु गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै उद्योग संंगठनले बुधबारदेखि उक्त अभियानको सुरुवात गरेको हो । बुधबार अभियानको पहिलो दिन उद्योग संगठनले विराटनगरको ट्राफिक चोकमा निःशुल्क मास्क वितरण गरेको छ । विराटनगरको बढी भिडभाड हुने क्षेत्रमा अबको ७ दिनसम्म उक्त अभियान चलाईने उद्योग संगठनले जनाएको छ ।

अभियान अन्तर्गत मास्क नलगाई हिँडने सर्वसाधारणलाई निःशुल्क मास्क प्रदान गरी मास्क लगाउन अभिप्रेरित गर्ने उद्योग संगठनको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्