बिप्लब समूहको बन्दले जनजीवन प्रभावित, विराटनगरमा ट्रकमा आगजनी

<span class='c1'>बिप्लब समूहको बन्दले जनजीवन</span> <span class='c2'>प्रभावित, विराटनगरमा ट्रकमा आगजनी</span>

प्रेम देवान
विराटनगर १३ मसिर । भारतले गरेको नाकाबन्दीविरुद्ध नेकपा माओवादी नेत्रविक्रम चन्द समूहले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित बनेको छ ।
राष्ट्रिय स्वाधीनता रक्षाका लागि भन्दै बन्द आह्वान गरेको माओवादीका कार्यकर्ता आज विहानै देखि सडक र बजारमा निस्किएर यातायातका साधन संचालनमा रोक लगाएका छन् । माओवादी कार्यकर्ताले बजार, कलकारखाना, शैक्षिक संस्थासमेत संचालन गर्न नदिएपछि मधेशी मोर्चाको बन्दको मारमा परेका पूर्वी तराईका बासिन्दा माओवादीको बन्द थपिएपछि दोहोरो मारमा परेका छन् ।
माओवादी बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, इलाम चल्ने लामो तथा छोटो दूरीका यातायातका साधन संचालनमा आउन नसकेको नेपाल यातायात मजदुर संगठन कोसी अञ्चलका सचिव लक्ष्मी बाँनियाले जानकारी दिनुभयो ।
बन्दका कारण धरान, इटहरी, बिर्तामोड, धनकुटा, दमकलगायतका मूख्य बजार पनि पूर्ण रुपमा बन्द छन् ।
यता विराटनगरमा पनि नाकाबन्दीविरुद्ध उत्रिएका बन्दकर्ताले भारतीय पुर्वाअञ्चल अनाथ आश्रम विराटनगर १७ स्थित खाली चउरमा रोकी राखेको एउटा भारतीय ट्रकमा आगजनी गरेका छन् । बन्दकर्ताहरुले एउटा भारतीय नम्बर प्लेटको ट्रिपरमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेकाले आगो लगाएको बन्दकर्ताले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्