सप्तकोशी बैंक घोटाला प्रकरण : भट्टराई विरुद्धको अभद्र व्यवहार मुद्दामा ५५ हजार धरौटी माग

<span class='c1'>सप्तकोशी बैंक घोटाला प्रकरण : भट्टराई विरुद्धको</span> <span class='c2'>अभद्र व्यवहार मुद्दामा ५५ हजार धरौटी माग</span>

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकमा १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटला प्रकरणमा संलग्न हिमाल भट्टराईलाई जिल्ला प्रशासन कार्यालयले ५५ हजार धरौटी आदेश गरेको छ । ‘अभद्र व्यवहारको मुद्दा’ मा जिल्ला प्रशासन कार्यालय मोरङले तोकेको ५५ हजार रुपैयाँ धरौटी रकम नबुझाउँदा उनी जेल चलान भएका छन् ।

प्रहरीले उनलाई अभद्र व्यवहार मुद्दामा मंसिर १९ गते पक्राउ गरेको थियो । बैंकको १६ करोड आसपासको रकम हिनामिना भएको देखिएपछि फरार हुनसक्ने बताउँदै उनलाई तत्काल पक्राउ गरिएको थियो । पछि बैंकिङ कसुर मुद्दा समेत अनुसन्धान गरिएका कारण पुनः पक्राउ पर्ने भएकोले भट्टराईले धरौटी नबुझाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालको इजालासले अभद्र व्यवहारको मुद्दामा धरौटी माग गरेको छ ।
भट्टराईसहित बैंकका चारजनामाथि मोरङ प्रहरीले ‘बैंकिङ कसुर’ मुद्दामा पनि अनुसन्धान गर्दै आएको छ । गत पुस १४ गते बैंकका सिइओ नविन सुवेदीसहित बैंकका लेखा प्रमुख देविप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई पक्राउ गरि अहिले मोरङ प्रहरीले उच्च अदालत विराटनगरमा बैकिङ कसुरमा म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्