विराटचौकमा अपरिचित युवाद्धारा ट्रक चालकको कान काटेर फरार,चालक अस्पतालमा भर्ना

<span class='c1'>विराटचौकमा अपरिचित युवाद्धारा ट्रक चालकको</span> <span class='c2'>कान काटेर फरार,चालक अस्पतालमा भर्ना</span>

विराटनगर । मोरङको विराट चोकमा अपरिचित २ जना युवाद्धारा एक ट्रक चालकको कान काटेर फरार भएका छन् । बुधबार राती ट्रक चालकको कान अपरिचित युवाहरुले काटिदिएर फरार भएको मोरङ प्रहरीले जनाएको छ ।

पहिचान नखुलेका दुई जना युवाले प्रदेश १–००१ ख ८१८९ नम्बरको ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–७ का ५२ वर्षीय वोधविक्रम मुखियाको देव्रे कान काटिदिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मञ्जील मुकारुङले जानकारी दिनुभयो ।
गएराती राती १२ बजेतिर ट्रक पार्किङ गरेर उनी खाना खान नजिकैको पोखरेल होटलमा छिरेको प्रहरीले जनाएको छ । खाना खाइसकेपछि होटलअगाडि बालेको आगो तापिरहेका बेला आइपुगेका दुईजना युवाले धारिलो हतियारले देव्रे कान काटेर छिनाइदिएको डीएसपी
कान काट्न कुन हतियार प्रयोग गरिएको थियो भन्ने बारेमा पनि खुलेको छैन ।

चालकको अवस्था गम्भीर रहेका कारण विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । घटनामा संलग्नको पहिचान खुल्न नसकेको र फरार रहेका कारण खोजी तीव्र पारिएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्