काठमाडौं । नेपाली काँग्रेसको १६ जिल्लामा बाँकी रहेको अधिवेशन अनिश्चित बनेको छ । कोरोना संक्रमण फैलिँदै गएपछि बिहीबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले माघ १५ गतेका लागि तोकिएको १६ जिल्ला अधिवेशन स्थगित गरिएको हो ।
काँग्रेस केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालका अनुसार संक्रमणको जोखिम न्युनिकरण भएर जनजीवन सामान्य भएपछि जिल्ला अधिवेशन तत्काल गरिने जानकारी गराउनुभएको छ ।