मोरङका किसानलाई पचास हजार लिटर डिजेल उपलब्ध

<span class='c1'>मोरङका किसानलाई  पचास</span> <span class='c2'>हजार लिटर डिजेल उपलब्ध</span>

विराटनगर १४ मसिर । मोरङका किसान परिवारबीच खेत खनजोत गर्न र बाली तयार पार्नका लागि पचास हजार लिटर डिजेल उपलब्ध गराइएको छ । कात्तिक महिनादेखि मध्य मङ्सिरसम्ममा सो परिमाणको डिजेल सम्बन्धित पेट्रोलपम्पबाट सिफारिसपत्रका आधारमा उपलब्ध गराइएको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ । वास्तविक किसानलाई डिजेलको जोहो गर्न र कालोबजारी हुन नदिने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले जग्गाधनी प्रमाणपत्रको आधारमा डिजेलका लागि सिफारिस गर्ने गर्छन् । एक बिघा जग्गा भएका किसानलाई १० लिटर र पाँच बिघा जग्गा भएका किसानलाई एकपटकका लागि ५० लिटरसम्म उपलब्ध गराउनका लागि सिफारिस गर्ने गरिएको सो कार्यालयका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी गराउनुभयो । जिल्ला कृषि विकास कार्यालयका साथै कटहरि, बेलबारी, उर्लाबारी र झोराहाट सेवा केन्द्रबाट सम्बन्धित क्षेत्रका किसानका लागि सिफारिसपत्रको व्यवस्था मिलाइएको छ । यस जिल्लाका किसानलाई धानबाली भित्र्याएपछि बालाबाट धान झार्नका लागि प्रयोग गरिने थ्रेसर मेसिन र गहुँबाली तयार गर्नका लागि ट्याक्टर चाहिने इन्धनका लागि किसानलाई समस्या हुन नदिन यस प्रकारको व्यवस्था गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्